गायक शिव परियारको “पिउन सुरु गरेपछि” सार्वजनिक

काठमाडौँ । गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् ।
पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।
सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायांकनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।
मिडिया हब प्रा. लि. बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।
महान् चार्ड बडादशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्शीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको बताए ।
उनले भने,‘हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूकोलागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर मााया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु ।’
उनले कुराकानीको क्रममा भनेका छन्, ‘मैले आफूले रक्सी नपिएपनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द««मा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।’

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया