कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार
काठमाडौँ । छन्द–तरंग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।
कविद्वय डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु पच्चीस हजारसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गरे ।
सोही अवसरमा कुलपति उप्रेतीले कवि कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि न्यौपानेद्वारा लिखित ‘चन्दयुग ः चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचन गर्नुभएको थियो । प्राज्ञ प्रा डा हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै कँडेलमा उच्च कवित्व प्रवाह रहेको र न्यौपाने नेपाली कविताका क्षेत्रमा प्रतिभा रहेको विचार व्यक्त गरे भने प्राज्ञ माया ठकुरीले छन्द–तरंगले कविहरूलाई उच्च सम्मान दिनु सन्देशप्रद भएको बताएका थिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया