मंगलबार, फागुन १९, २०८२

विनिमयदर ६ महिना यताकै उच्च

मेरोन्यूज २०७८ असोज २४ गते १२:२३

काठमाडौं । साताको पहिलो दिन आइतबार अमेरिकी लगायत केही देशको विनिमयदर ६ महिना यताकै उच्च दरले बढेको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर १२० रुपैयाँ २८ पैसा छ ।

Advertisement
nepal life insurencenepal life insurence

युरोपियन युरो १ को खरिददर १३८ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १३९ रुपैयाँ ९ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६३ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १६३ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ८४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ ७२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार जापनिज यन १० को खरिददर १० रुपैयाँ ७० पैसा छ भने बिक्रिददर १० रुपैयाँ ७६ पैसा रहेको छ ।

चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ५६ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा कायम रहेको छ । युएई दिराम १ को खरिरदर ३२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ७९ पैसा रहेको छ । अरु सबैको बढेपनि कतारी रियल र साउथ कोरियाको भने विनिमयदर घटेको राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७१ पैसा छ भने बिक्रिददर ३२ रुपैयाँ ८७ पैसा छ । साउथ कोरियन वन पनि घटेर १०० को खरिदर १० रुपैयाँ २ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया