सुनको मुल्य प्रतितोला एक सयले बढ्यो
मेरोन्यूज
२०७८ असोज २४ गते १२:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ तोकिएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया