न्याय माग्दै नेपालगन्जबाट काठमाडौँ आएका महिलाहरु धर्नामा (फोटोफिचर)

काठमाडौँ । न्याय माग्दै नेपालगन्जबाट पदैलयात्रा गरेर काठमाडौँ आएका महिलाहरुले प्रर्दशन गरेका छन् । उनीहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

उनीहरु नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौँ पुगेका हुन् । न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जना नेपालगन्जदेखि पैदलयात्रामा काठमाडौँ आएका हुन् । उनीहरूले ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै २० दिनदेखि पैदलयात्रा गरेका थिए । उनीहरूले नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मी हत्याका दोषीलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।

यस्तै उनीहरुले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । २० दिनदेखि पदैलयात्रा गरेर काठमाडौँ आएकी रुबु खानले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्नुपर्ने बताएकी छन् । बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुमी हत्यामा किटानी जाहेरी दिँदा पनि एसपी अधिकारी र डिएसपी न्यौपानेलाई अनुसन्धान अगाडि नबढाएको भन्दै धर्नामा बसेकी रुबी खानलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया