सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० घर भई हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३-७४ देखि २०७५-७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका थिए ।
साथै, दाहालले उक्त क्याम्पसमा सूचना अधिकारी तोकिएको छ, छैन भने जानकारी माग्दै सूचना अधकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपीसमेत माग गरेका थिए । सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार उक्त क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नु भएको हो ।
पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने ठहर गरेको हो ।
सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनु पर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए ।
पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लंघन गरेको साथै, गैर जिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नु पर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ ।

















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया