साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध माल्दिभ्स विजयी
मेरोन्यूज
२०७८ असोज २४ गते १९:५२
काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ जारी खेलमा घरेलु टोली माल्दिभ्सले दोस्रो जित निकालेको छ । दोस्रो जित हात पार्दै माल्दिभ्स फाइनल पुग्ने दाबेदार टोलीका रुपमा हेरिएको छ ।
आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हराएको हो । माल्दिभ्सको जितमा अलि अस्फाकले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा नै उनले गोल गरेका हुन् ।
पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सले बंगलादेशलाई पराजित गर्दै खेलमा फर्किने कोशिस गरेको थियो । माल्दिभ्सले ३ खेलमा दुई जित निकाल्दै ६ अंक जोडेको छ । नेपालले लगातार दुई खेलमा जित निकाल्दै ६ अंक जोडिसकेको छ ।
आजै नेपाल र भारतबीच खेल हुँदैछ । खेल राति ९:४५ बजे सुरु हुने छ । यस खेलमा नेपालले जित निकाले नेपाल एक खेलअघि नै फाइनल पुग्ने छ ।
सम्बन्धित


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया