अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

काबुल । अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।
अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।
उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।
तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया