दशैँमा हेर्नुहोस् यी उत्कृष्ट ५ चलचित्र

नेपालीहरुको महान चाड दसैँ सुरु भइसकेको छ । यस अवसरमा आफ्नो परिवारसँग भेट गर्नु सबैका लागि सुखद् पक्ष हो । अघि पछि निक्कै ब्यस्त हुनेहरुले पनि यो विदाको सदुपयोग गरेर केही फिल्म हेरेर मनोरज्जन लिन सक्नेछन् । समयको सदुपयोग गरी तपाईहरुले केही राम्रा फिल्महरु दशैंमा हेर्न सक्नु हुनेछ ।
१) द शशांक रिडेम्सन

यो फिल्म सन् १९९४ मा अमेरिकामा रिलिज भएको थियो । फ्रयांकट्रामाद्वारा लिखित तथा निर्देशित यो फिल्मको टिआरपी रेटिक ९.३ हो । जुन विश्वमै सबैभन्दा बढी हो । फिल्मले निर्दोष व्यक्तिको विजयी यात्राबारे कथा बताउँछ । आफ्नी श्रीमती र प्रेमिकाको हत्याका लागि शशांक दोषी भएको भन्दै आजीवन कारावास सजाँय भोग्न पठाइन्छ । फिल्मले मानिसले चाहे जे पनि सम्भव छ भन्ने सन्देश दिन खोजेको छ । फिल्मका एण्डी डुफ्रेस्नेको भूमिका फिल्ममा रोचक ढंगले देखाईएको छ ।
२) पशुपतिप्रसाद

खगेन्द्र लामिछानेको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद’ सन् २०१६ मा प्रदर्शन भएको हो । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । समीक्षात्मक हिसाबले समेत राम्रो तारिफ कमाएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
फिल्ममा खगेन्द्र लामिछानेको कथा छ भने प्रकाश घिमिरे र वर्षा शिवाकोटीको अभिनय रहेको छ । फिल्मले एक गरिब युवा र धनी युवतीबीचको प्रेमलाई सटिक रुपमा चित्रण गरेर देखाउने काम गरेको छ ।
३) टलकजंग भर्सेस् टुल्के

सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मामाओवादी जनयुद्धकालीन कथामा आधारित रहेर यो फिल्ममा कथा बुनिएको छ । फिल्म विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘आहक्यूको साँचो कथा’ मा आधारित छ । फिल्म निर्माण हुनुअघि यो कथा नाटकका रुपमा मञ्चन गरिएको थियो । फिल्मका लेखक निश्चल बस्नेत हुन् । खगेन्द्र लामिछानेले लेखेको फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, रविन्द्र सिंंह बानियाँ लगायतका कलाकारले अभिनय गरेका छन् ।
४) ‘द प्याशन अफ जोन अफ आर्क’

यो फिल्म फ्रान्सेली भाषामा रहेको छ । सिनेम्याटोग्राफीको भाषा बखान गर्ने उत्कृष्ट दस्तावेज हो । यो श्यामश्वेतमा तयार बनाएको फिल्म हो । यस फिल्म निर्देशक कार्ल थियोडोर ड्रियरको करियरकै सर्वोत्कृष्ट फिल्म मानिएको छ । फिल्ममा सबै पात्रको भाव एक–एक फ्रेममा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
५) कोल्ड आइज

यो फिल्म सन् २०१३ मा रिलिज भएको कोरियन भाषामा निर्मित फिल्म हो । फिल्ममा अपराधिक घटनामा संलग्न माथि निगरानी राखी ठूला लुटपाट हुन रोक्ने सुरक्षाकर्मीहरुको प्रयासको कथा हो । फिल्म सुरू भएदेखि अन्तसम्म एकै स्वरुपमा तयार पारिएको फिल्मको प्रस्तुति रोचक छ ।
हवांग समूहकी हा यो हु फिल्मकी महिला मुख्य पात्र हुन् । फिल्ममा आफ्ना वरिपरिका मान्छे बारे सम्झिने उनको स्मरण शक्तिलाई रमाइलोसँग प्रस्तुत गरिएको छ । हवांगको समूहले यसका अपराधीसम्म पुग्न गर्ने सिलसिलाबद्ध योजना र जेम्सको चलाखीपूर्ण शैली कथामा समेटिएको छ । टोरन्टो र बुसानजस्ता चर्चित फिल्म महोत्सवमा प्रदर्शन भएको ‘कोल्ड आइज’ विभिन्न पुरस्कार जित्न सफल फिल्म हो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया