थप ७ सय ९२ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २६ गते १७:१६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७०६० नमूनाको पीसीआर र २ हजार ५५९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६९१ र एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको हो। मन्त्रालयका अनुसार मंगलबार थप ९ सय १० जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३०६ जनाको भेन्टिलेटरमा र १०२ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सम्बन्धित
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया