इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र होर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रुपमा गैर जिम्मेवार बनिरहेको उल्लेख गरेका छन् ।
युद्धविराम लागु भए पछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहिबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जे। डी। भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिबद्धता पालन गरेन भने युद्धविरामको तुरुन्तै अन्त्य हुने पुष्टि गरेका छन् ।
यस अघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई हप्ताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया