आजको राशिफल : आश्विन २७ गते बुधबार

आज २०७८ साल आश्विन महिनाको २७ गते बुधबार, आश्विन शुक्लपक्षको अष्टमी तिथि । आज नवरात्रअन्तर्गत महाअष्टमी रहेको छ । आज कालरात्री तथा गोरखकाली पूजा रहेको छ ।
मेष
पारीवारिक भेटघाट हुने छ । उमङ्ग र उत्साहले नयाँपन दिने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । ब्यापार विजनेशबाट फाइदा मिल्ने छ । यात्रा सफल हुनेछ । विवादको चुनौति भएकाले सतर्क रहनु उपयुक्त हुनेछ ।
वृष
यात्रामा अवरोधको सामना गर्नु पर्ने छ । सोचे जस्तो परिवारमा मिठासपनाको अभाव देखिने छ । स्वादिष्ट भोजनहरु खान भने पाइने छ । आफू भन्दा सानाहरुबाट अनावश्यक आलोचना सहनु पर्ने छ ।
मिथुन
बोलीमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । तर कतिपय अवस्थामा अनावश्यक विवादको सामना गर्नु पर्ने छ । मनमा दुविधाले सताउने छ ।
कर्कट
आर्थिक दबाबले गर्दा मनमा अशान्ति हुने छ । पेशागत जिम्मेबारीबाट असन्तुष्टि हुने हुँदा सँहालिँदै अघि बढ्नु उपयुक्त विकल्प हुने छ । यात्रामा सफलता प्राप्ति हुने छ ।
सिंह
भाग्य बलियो रहेको छ । यात्रामा सुगमता आउने छ । परिवारको साथले गर्दा उत्साह थपिने छ । अरुले प्रशंसा गर्ने छर्ने छन् । आर्थिक फाइदा मिल्ने छ ।
कन्या
थप जिम्मेबारी बहन गर्नु पर्नेछ । अरुले विश्वास गर्ने छन् । भाग्यको साथ रहेकाले सबैलाई समेटेर अघि बढ्न शक्ति आउने छ । तर आफन्तबाट भने असहयोगको सामना गर्नु पर्ने छ ।
तुला
स्वदेशको यात्रा हुने छ । मातृभूमिको प्रेम र माया पाइने छ । तर परिवारमा भने अपेक्षा नगरिएका खालका द्वन्द र तिक्तता देखिने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ ।
वृश्चिक
मनमा नकारात्मक विचारको मात्रा धेरै आउने छ । अन्योलताले गर्दा निर्णय क्षमतामा गिरावट देखिने छ । आउनु पर्ने स्थानबाट रकम प्राप्त नहुँदा आर्थिक योजनाहरु अन्योलमा पर्ने छन् ।
धनु
नयाँ सवारीसाधन प्रयोग गर्न पाइने छ । स्वादिष्ट भोजन उपभोग गर्न पाइने छ । तर बिबादको घेरामा परिने छ । परिवारमा मिलन हुने छ ।
मकर
दरिलो व्यक्तित्व हुने छ । बिबादमा परेता पनि जित हुने छ । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउला ।
कुम्भ
परिवारमा मिलन हुने छ । तर उदासिनताको मात्रा भने रहने छ । आर्थिक सन्तुलन कायम हुने छ । यात्रामा सफलता मिल्ने छ भने अरुको विश्वास जित्न सकिने छ ।
मीन
परिवारमा मिलन हुने छ । साथिभाइका बीचमा रमाइलो गर्ने अवसर मिल्ने छ । यात्रामा सफलता मिल्ने भएता पनि यात्रामा ढिलाई भने हुन जाने छ । आर्थिक दबाब कायम रहने छ ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया