शनिबार, फागुन ३, २०८१

मोहन वैद्य भेट्न अस्पताल पुगे प्रचण्ड

मेरोन्यूज २०७८ कार्तिक १ गते १२:३२


काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् । उनले वैद्यसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

Advertisement
IMEnabil

भेटका क्रममा प्रचण्डले उपचारमा संग्लन्न चिकित्सकहरुसँग पनि वैद्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य सुरेश श्रेष्ठका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको छ । उनलाई भेटका लागि धेरै भीडभाड नगरिदिन पनि क्रान्तिकारी माओवादीले सर्वसाधारण शुभ चिन्तकहरुसँग आग्रह गरेको छ ।

वैद्य हिजो आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि दमका विरामी थिए । उनको हिजै छाती लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया