टीकापुरको विकासबारे छलफल

कैलाली । कैलालीको टीकापुरमा दसैं मिलन तथा सम्वाद कार्यक्रम गरिएको छ । टीकापुर सरोकार समूहको आयोजनामा भएको दसैं मिलन तथा सम्वाद कार्यक्रममा टीकापुर क्षेत्रको विकासका बारेमा छलफल गरिएको हो । कार्यक्रममा सहभागिहरुले टीकापुरको समग्र विकास र समृद्धिको निमित्त विभिन्न अवधारणा प्रस्तुत गरेको टीकापुरका स्थानीय सम्राट बिक्रम शाहले बताए ।
समूहले मानबीय र परोपकारी काम पनि गर्दै आएको उनले बताए । ‘कोरोना महामारीका बेला टीकापुर अस्पतालमा अक्सिजन अभियान संचालन, शवबाहनसमेत उपलब्ध गराएका थियौं,’ उनले भने ।अस्पतालमा प्रयोगशाला भवन पनि निर्माण गर्न थालिएको उनले जानकारी दिए । कार्यक्रममा टिकापुरको पर्यटन विकास, सडक निर्माण र सिमा नाका खुल्नुपर्नेलगायतका विषयमा छलफल भएको उनले बताए ।
सहभागिहरुले चिल्ला सडक र गगनचुम्बी महल बनाउँदैमा विकास र समृद्धि पूर्ण नहुने भन्दै सीमान्तीकृत वर्ग र हरेक नागरिकको मानव विकास सूचकांकले वास्तविक समृद्धिको मापन गर्नुपर्ने बताएका थिए ।टीकापुर सरोकार समूह नीति तथा दृष्टिकोण अनुसन्धान तथा बहस चलाउने उद्देश्यले गठित ‘थिन्क ट्यान्क’ समेत हो ।
हाम्रो घर हाम्रो टीकापुरको समग्र उत्थान तथा पुनर्जागरणको निमित्त टीकापुर सरोकार समूहले भविष्यमा समेत यो शृङ्खलालाई निरंतरता दिने आयोजकले जनाएको छ ।कार्यक्रममा राजनीतिक दलका नेता, वृद्विजिवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।














दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया