गृहमन्त्रीले निर्देशन दिएसँगै बाढी पीडितको उद्धार गर्न उड्यो हेलिकोप्टर

काठमाडौँ । लगातार परेको अविरल वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकाहरुको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्न हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिए ।
वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बिचमा थुनिएको खबर आएको पाण्डेले बताए ।
मन्त्री खाँणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन् । त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई तत्काल विपद्मा परेकाहरुको उद्धार, अस्थायी स्थानान्तरणको कार्य अघि बढाउन निर्देशन दिए ।
मन्त्री खाँणले बाढी र पहिरो र डुबान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर अहिलेसम्म भइरहेको उद्धार कार्यका लागि धन्यावाद दिँदै नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिएका छन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया