कर्णाली नदीमा बाढीले खतराको सतह नाघ्यो
मेरोन्यूज
२०७८ कार्तिक २ गते १०:४६

कैलाली । कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ ।चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११.३ मिटर नाघेको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले नदीमा पानीको सतह खतराको तह पार गरेर ११.३ मिटर पुगेको जानकारी दिए । उनका अनुसार कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया