वर्षभरि खाने धान बगायो, चिन्तामा किसान

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका १८ फूलबारीका स्थानीय नेत्र अधिकारीले यस वर्ष २ बिगा जमिनमा धान खेती गरेका थिए । तर, आइतबारदेखि परेको अविरल वर्षाका कारण उनको डेढ बिगा जमिनको धान नोक्सान भएको छ ।
‘पाँच कट्टा जमिनको धान काटेर थेसर लगाएर राखिसकेको र बाँकी डेढ कट्टाको धान काटेर खेतमै सुकाउन राखेका थियौं,’ उनले भने, ‘अहिले बाढीले त्यो सबै बगाइदियो ।’
उनले धान काटेको खर्चसमेत दिई नदकेको दुखेसो गरे । ‘धान काट्न लागेको १० हजार रुपैयाँ त्यही धान बेचेर तिरउँला भन्ने लागेको थियो,’ उनले भने, ‘अब धान काटेको खर्च पनि कहाँबाट ल्याएर तिर्ने भन्ने भयो ।’
वर्ष दिनसम्म खाने धान बगाएपछि अब के गरेर छाक टार्ने भन्ने चिन्ता थपिएको उनले दुःखेसो पोखे ।

फूलबारीकै डम्बरसिंह कडायतले १० कट्टा जमिनमा लगाएको धान बाढीमै मिसियो । ‘सबै धान काटेर सुकाउन राखेको थिएँ,’ उनले भने, ‘पानीले सबै बगायो, मेरो त जमिन नै त्यति मात्रै थियो ।’
उनले वर्षभरि खाने धान बगाएपछि अब के खाने भन्ने चिन्ता थपिएको बताए । उनले पनि आफूहरू जस्ता किसानलाई राज्यले केही राहतको व्यवस्था गर्नु पर्ने माग गरे ।
स्थानीय किसान यादव शर्माको पनि दुई बिघा जमिनमा लगाएको धानमध्ये केही बाढीले बगाएको छ भने काट्न बाँकी रहेको धान डुबेको छ । ‘काटेको धान जति सबै पानीले बगाएको छ,’ शर्माले भने, ‘काट्न बाँकी धान डुबेर खतम छ ।’
वर्षभरि खाने धान नोक्सान भएपछि उनले यस वर्ष भोकरी हुने चिन्ता लागेको बताए ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया