वर्षभरि खाने धान बगायो, चिन्तामा किसान

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका १८ फूलबारीका स्थानीय नेत्र अधिकारीले यस वर्ष २ बिगा जमिनमा धान खेती गरेका थिए । तर, आइतबारदेखि परेको अविरल वर्षाका कारण उनको डेढ बिगा जमिनको धान नोक्सान भएको छ ।
‘पाँच कट्टा जमिनको धान काटेर थेसर लगाएर राखिसकेको र बाँकी डेढ कट्टाको धान काटेर खेतमै सुकाउन राखेका थियौं,’ उनले भने, ‘अहिले बाढीले त्यो सबै बगाइदियो ।’
उनले धान काटेको खर्चसमेत दिई नदकेको दुखेसो गरे । ‘धान काट्न लागेको १० हजार रुपैयाँ त्यही धान बेचेर तिरउँला भन्ने लागेको थियो,’ उनले भने, ‘अब धान काटेको खर्च पनि कहाँबाट ल्याएर तिर्ने भन्ने भयो ।’
वर्ष दिनसम्म खाने धान बगाएपछि अब के गरेर छाक टार्ने भन्ने चिन्ता थपिएको उनले दुःखेसो पोखे ।

फूलबारीकै डम्बरसिंह कडायतले १० कट्टा जमिनमा लगाएको धान बाढीमै मिसियो । ‘सबै धान काटेर सुकाउन राखेको थिएँ,’ उनले भने, ‘पानीले सबै बगायो, मेरो त जमिन नै त्यति मात्रै थियो ।’
उनले वर्षभरि खाने धान बगाएपछि अब के खाने भन्ने चिन्ता थपिएको बताए । उनले पनि आफूहरू जस्ता किसानलाई राज्यले केही राहतको व्यवस्था गर्नु पर्ने माग गरे ।
स्थानीय किसान यादव शर्माको पनि दुई बिघा जमिनमा लगाएको धानमध्ये केही बाढीले बगाएको छ भने काट्न बाँकी रहेको धान डुबेको छ । ‘काटेको धान जति सबै पानीले बगाएको छ,’ शर्माले भने, ‘काट्न बाँकी धान डुबेर खतम छ ।’
वर्षभरि खाने धान नोक्सान भएपछि उनले यस वर्ष भोकरी हुने चिन्ता लागेको बताए ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया