महाकाली नदीमा फसेका पाँच जना रुखमा, उद्धार गर्न आग्रह
मेरोन्यूज
२०७८ कार्तिक २ गते १३:५८

कञ्चनपुर । भीमदत्त नगरपालिका ९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा बसेका छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेर्न गएका पुष्कर, वसन्ती, अशोक, अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ ।
बाढीका कारण बाटोको ठाउँ ठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी १० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यालयमा सरेको छ ।
सम्बन्धित
प्रतिक्रिया