नारायणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरी द्वारा सकुशल उद्वार
मेरोन्यूज
२०८२ जेठ १५ गते २१:४०

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।
नारायाणी नदिमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।
उनीहरु नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदिको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।
सम्बन्धित













सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया