धनकुटामा पहिरोले घर पुरिँदा ६ को मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका १ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार राती करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० दीपककुमार रायले जानकारी दिएका छन् ।
घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक ११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताए ।
गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनको भनाइ छ ।
(रासस)















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया