अपडेट : बाढी पहिरोबाट ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता हुँदा २३ घाइते
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १३:०६

काठमाडौँ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ४८ जनाको मृत्यु भएको छ । बुधबार बिहान १२ बजेसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार ४८ जनाको मृत्यु भएको हो ।
घटनामा ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएको महाशाखाले जनाएको छ । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रहरुमा बाढी तथा पहिरो आइरहेको छ ।
समस्यामा परेकाहरुलाई उद्धार र राहतका लागि गृह मन्त्रालयले विभिन्न पहल कदमी अगाडि सारेको छ । बुधबार मात्रै मन्त्रालयले विभिन्न निजी हेलिकप्टर कम्पनीहरुसँग समेत उद्धारको लागि सहयोगको माग गरेको थियो ।

सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
प्रतिक्रिया