नयाँ र स्वदेशमै निर्मित क्षेप्यास्त्र परीक्षण सफल : उत्तर कोरिया

काठमाडौँ । उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमा निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको स्पष्ट गरेको छ ।
दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताउँदै आएका थिए । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।
साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले क्षेप्यास्त्र हानेको छ । र, उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही दिनअघि पनि उसले अन्तर महादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।
















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया