बिहीबार, मंसिर २५, २०८२

दसैँमा दक्षिणा र बली किन आवश्यक ?

ज्योतिश सुरेश रिजाल २०७८ असोज २८ गते १६:३५

काठमाडौँ । नेपाल कस्तो देश हो भन्दा तन्त्रानतक वैदिक सनातन हिन्दु मान्ने मुलुक भयो । त्यसैले नेपालमा वैदिक हिसाबले पनि पुजा हुन्छ र तन्त्रको माध्यमबाट पुजा गरिन्छ ।
हाम्रा जति पनि शक्ति पिठहरु, मठ मन्दिरहरु छन्, त्यहाँ चाहिँ कुनै न कुनै तरिकाले मन्त्र प्रयोग भएको हुन्छ । अर्को चाहिँ कुनै न कुनै तरिकाबाट एउटा तन्त्रको माध्यमबाट एउटा पुजा भएको छ । माता भगवतीको आर्शिवाद प्राप्त गर्न दसैँ मनाउने प्रचलन रहेको छ ।

भगवतीको आर्शिवाद प्राप्त गर्न जस्तो महाकाली, महालक्ष्मी र महा सरस्वतीको पुजा गर्ने हो, यो नवरात्रमा । महाकालीले हामीलाई शक्ति दिने हो । हामी खाँदा, हिँड्दा वा बोल्दा जुन सुकै काम गर्दा शक्ति चाहिन्छ । त्यो शक्ति महाकालीबाट प्राप्त हुने हो । महालक्ष्मीबाट हामीलाई धन सम्पत्ति प्राप्त हुने हो । महासरस्वतीबाट बुद्धि प्राप्त हुने हो ।

तीनवटै स्वरुपलाई पुजा गर्ने जुन समय छ, त्यो समय भनेको यही नवरात्री नै हो । वर्षमा चारवटा नव रात्र हुन्छ । त्यो चारवटा नवरात्रमा अहिले आश्विन शुक्ल पक्षको नवरात्र हो । यसलाई सारदीय नवरात्र पनि भनिन्छ । जुन सरद क्रितुमा पर्ने नवरात्र हो । नौ दिनसम्म देवीको पुजा हुने भएकाले यसलाई सारदीय नवरात्र पनि भनिन्छ ।

अर्को कुरा भनेको पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिकोण गरी दुर्गा भगवतीको कृपा, आर्शिवाद प्राप्त गर्न हामीले विजया दशमी मनाउने नियम छ । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टि गरेर दुर्गा भगवानीको कृपा अथवा आर्शीवाद प्राप्त गर्न हामीले विजया दशमी मनाउँछौँ । विजय दशमी हामीले मनाउँदै गर्दा नौ दिनसम्म भगवतीको पुजा हुन्छ ।


दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
त्यो बेलामा हामीले घटस्थापना गरेको नौ दिनसम्म जयन्ती भन्छौँ भनेको देवीलाई अत्यन्तै प्रिय वस्तु भनेको जौ हो । देवीका लागि सबैभन्दा प्रिय वस्तु भनेको जौ हो । त्यसैले जयन्ती मंगला काली भनेर हामीले आर्शीवाद दिन्छौँ । जयन्ती भनेको जमरा हो, यसलाई जयन्ती भनिन्छ, संस्कृतीमा ।

जयन्ती मंगला काली भनेको देवीको नाम भयो । नौ दिनसम्म हामीले पुजा गरेर शक्ति आर्जन गरेको कुराहरु दसौँ दिन विजय प्राप्तिका लागि टीका लगाइन्छ । र, प्रसादका रुपमा जमरा लिने गरिन्छ । त्यसै आधारमा यो शक्तिको उपसाना गर्ने पर्व हो । वर्षमा चार वटा नवरात्र हुन्छन् । यो आश्विन शुक्ल पक्षको नवरात्र भयो । यो भनेको विजय प्राप्तिका लागि नै हुने कुरा हो । त्यसै गरी माक्स शुक्ल पक्षको नवरात्र हुन्छ । त्यसमा हामीले सरस्वतीको पुजा आरधना गरी मनाउँछौँ । त्यो बेलामा हामीले वुद्धिका लागि साधना गर्छौँ ।


जमराको विशेषता
भगवतीलाई सबैभन्दा प्रिय लाग्ने भनेकै जौ हो । जौ भनेको अन्नको एउटा खाद्यन्न हो । हाम्रो परम्पराअनुसार जमरा दुई किसिमले राखिन्छ ।
गहुँ, जौ, मकै, धानलगायतका सात प्रकारका अन्न छर्ने एउटा चलन छ । त्यो शास्त्रमा कही उल्लेख छैन । तर जमराको चाहिँ उल्लेख छ ।


दसैँको सुरुवात
दसैँको सुरुवात प्राचीन कालदेखि नै भएको हो । यसको इतिहास हेर्दै गयौँ भने हामीले भगवान रामको समयमा पुग्न सकिन्छ । यो रामायण कालको समय हो । रामले १४ वर्ष बनवासबाट रावणलाई बद गरिसकेपछि रामको फिर्ती भयो । यो फिर्ती सवारी भएपछि उल्लासको रुपमा विजय प्राप्त भयो । त्यो बेलादेखि नवरात्र दसैँको सुरु भएको शास्त्रमा व्याख्या गरिएको छ ।

टीका र आर्शीवादको महत्व
जो व्यक्तिले जस्तो भावनाले भगवतीको पुजा, आरधना, साधना गर्छन् । ती व्यक्तिहरुलाई त्यस्तो खाले शक्ति, आयु आरोग्य सबै प्राप्ति हुन्छ ।
विजय प्राप्तिका लागि लगाइने टीका भइहाल्यो । नौ दिनसम्म भगवतीको पुजा गरिसकेपछि नवमीको दिनमा हामीले देवीलाई विधिवत् रुपमा विसर्जन गरिसकेपछि देवीको प्रसादका रुपमा टीका ग्रहण गर्छौँ । र, त्यो टीकासँगै हामीले जमरा लगाउने गर्छौँ ।
हामी जहाँ टीका लगाउँदा पनि फूलसमेत सँगै लगाउने चलन छ । तर, दसैँमा फूलको ठाउँमा देवीको शक्तिका रुपमा रहेको जौ अर्थात जमरा लगाउने गर्छौँ । हो ।


दक्षिणाबिना कुनै यज्ञ पूर्ण नहुने भएकाले यसको आफ्नै महत्व रहेको छ । दक्षीणा भनेको अनुष्ठान वा यज्ञको पत्नी हो । त्यसैले दक्षिणा र यज्ञ एकैपटक आउनु आवश्यक हो । शास्त्रले दक्षिणा यति दिने वा उति दिने भन्ने हुँदैन । टीका लगाएर दक्षिणा नदिए आशीवार्द पूर्ण हुँदैन । दक्षिणा आफ्नो कुल परम्परा चलनअनुसार परिवर्तन हुँदै गएको छ ।

महाअष्टमी
बलीको कुरा शास्त्रमा व्याख्या गरेको छ । विरोध गर्ने वा नगर्ने छुट्ै कुरा हो । बली भन्नेबितिकै काटमार भन्ने बुझ्छौँ । तर, यसको अर्थ गलत रुपमा लगाइँदै आएको छ । बली भनेको नराम्रो विचार, सोचलाई त्याग्नु नै बली हो । बली नदिएर यज्ञ पूरा हुँदैन । आफूभित्रको नराम्रो सोचलाई हटाउन बली दिने प्रचलन रही आएको छ । बली हामीले जेको दिँदा पनि हुन्छ । पछिल्लो समय कुपिन्डो, काँचो नरिवल, मास चामल, बेसार आदिको बली दिन सक्छौँ । बली दिने आआफ्नै प्रथा रही आएको छ ।


शक्तिपिठमा जति बली दियो त्यति नै शक्ति आर्जन हुने विश्वास रही आएको छ । बलीको कुरा शास्त्रमा छ । त्यसैले बली दिनु अनिवार्य रहेको छ ।

प्रतिक्रिया