प्रधानमन्त्री सुदूरपश्चिम जाँदैं, यस्ता छन् कार्यतालिका
सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षण पछि देउवा आज धनगढीमै बास बस्ने

काठमाडौं । वेमौसमी वर्षापछिको वाढी पहिरोले आक्रान्त सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरवहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन् । अहिले केही बेरमा उनी काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन्।
डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि टोलीले आजै बझाङ हुँदै बैतडीको ढुंगाड सम्म जाने गरी कार्यक्रम तय गरेको छ ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली कञ्चनपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसपछि भने प्रधानमन्त्रीको टोली आज धनगढीमै बास बस्ने कार्यतालिका छ।
शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने छन् । त्यसपछि मात्रै प्रधानमन्त्री काठमाडौं फर्किने गरी कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया