आइतबार, चैत १०, २०८१

दुई वाणिज्य बैंकसहित तीन संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

मेरोन्यूज २०७८ कार्तिक ४ गते १४:१२

काठमाडौँ । बिहीबार कार्तिक ४ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ५ गते शुक्रबार र कार्तिक ७ गते आइतबार बुक क्लोज गरेका एक विकास बैंक र २ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । शांग्रिला डेभलपमेन्ट बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले कार्तिक १६ गतेका लागि साधारणसभा डाँकेको छ । साधारणसभा प्रयोजनार्थ बैंकले यही कार्तिक ५ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ । यसअनुसार ४ गतेसम्म कायम सेयर धनीहरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्ने छन् ।

गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरका लागि अख्तियारी दिने, बैंकको अधिकृत पुँजी वृद्धि गर्नेलगायतका एजेण्डाहरु साधारणसभामा प्रस्तुत हुने छन् । बैंकले हाल कायम अधिकृत पुँजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भए पश्चात सेयर धनीहरुले प्राप्त गर्ने छन । हाल कायम चुक्ता पुँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड पुग्ने छ ।

सानिमा बैंकले कार्तिक १४ गते आइतबार आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया