बादलको नेतृत्वमा महाधिवेशन मूल ब्यवस्थापन समिति गठन
किसानलाई राहत प्याकेज उपलब्ध गराउन माग

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा चितवनमा गर्न लागेको दशौं महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा मुल ब्यवस्थापन समिति गठन गरेको छ ।
ललितपुरस्थित च्यासलमा बसेको एमाले स्थायी समितिको विहीबारको बैठकले पार्टीको दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै बादलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन छ ।
मुल ब्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेल रहेका छन् । उक्त समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने बैठकले निर्णय गरेको छ ।
किसानलाई राहत प्याकेज उपलब्ध गराउन माग
स्थायी कमिटी बैठकले पीडित किसानको लागि क्षतिपूर्तिको व्यवस्था गर्न र राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।
अविरल वर्षाका कारण बालीनालीमा क्षति पुगेका किसानको लागि राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै, बाढीपहिरोले अवरूद्ध बनेको विद्युत, सडक, सञ्चार लगायत तत्काल पुनर्निर्माण गर्दै सेवा उपलब्ध गराउन पनि एमालेले सरकारसँग माग गरेको छ ।
यो पनि,
एमालेको दशौं महाधिवेशन चितवनमा हुने












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया