बादलको नेतृत्वमा महाधिवेशन मूल ब्यवस्थापन समिति गठन
किसानलाई राहत प्याकेज उपलब्ध गराउन माग

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा चितवनमा गर्न लागेको दशौं महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा मुल ब्यवस्थापन समिति गठन गरेको छ ।
ललितपुरस्थित च्यासलमा बसेको एमाले स्थायी समितिको विहीबारको बैठकले पार्टीको दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै बादलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन छ ।
मुल ब्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेल रहेका छन् । उक्त समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने बैठकले निर्णय गरेको छ ।
किसानलाई राहत प्याकेज उपलब्ध गराउन माग
स्थायी कमिटी बैठकले पीडित किसानको लागि क्षतिपूर्तिको व्यवस्था गर्न र राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।
अविरल वर्षाका कारण बालीनालीमा क्षति पुगेका किसानको लागि राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै, बाढीपहिरोले अवरूद्ध बनेको विद्युत, सडक, सञ्चार लगायत तत्काल पुनर्निर्माण गर्दै सेवा उपलब्ध गराउन पनि एमालेले सरकारसँग माग गरेको छ ।
यो पनि,
एमालेको दशौं महाधिवेशन चितवनमा हुने















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया