सरकारको कामकारबाहीप्रति गगन थापाको असन्तुष्टी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन नसकेको उल्लेख गरे ।
२००७ सालपछिको समय खेर फालेको भन्दै नेता थापाले नेपाली नागरिक भएर आफूलाई डर लागेको समेत बताए ।
थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
विश्वकै आर्थिक गतिविधि भारत र चीनमा केन्द्रित रहेको उल्लेख गर्दै थापाले नेपालले दुई छिमेकी मुलुकबाट लाभ लिन सक्नुपर्ने बताए ।
काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।
उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।
नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे ।
उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया