मंगलबार, फागुन १९, २०८२

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति

मेरोन्यूज २०७८ कार्तिक ५ गते १५:३७

काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय चार्टर (एओसी) र नन स्येड्युल फ्लाइटको लागि अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै एतिले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्ने भएको उक्त कम्पनीले जनाएको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्सन बर्तौलाकाअनुसार, अन्तर्रास्ट्रिय उडानका लागि आन्तरिक तयारी पूरा भएको छ ।

यति एयरलाइन्सको हाल ७२ वटा एटीआर र ट्वीनअटर जहाजहरु छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया