आजको राशिफल : कार्तिक ७ गते आइतबार

आज २०७८ साल कार्तिक महिनाको ७ गते आइतबार, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि । आज संयुक्त राष्ट्रसंघ दिवस रहेको छ ।
मेष
बोलीको प्रभाव बढ्ने छ । अरुको विश्वास आर्जन गर्न सक्दा भरोषा बढ्ने छ । नरम तथा लचिलो खालको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ । आर्थिक सन्तुलन कायम रहने छ । परिवारमा द्वन्द निम्तिने छ ।
वृष
दाम्पत्य जीवनमा मधुरता आउँदा खुशियाली छाउने छ । नयाँ कामको थालनी हुने छ । आँटेका कामहरुमा प्रगति मिल्ने छ । पेशागत जीवनमा भने केही उल्झनहरु आउने छन् । रिसालु व्यक्ति हुने भएकाले संयमित हुनु होला ।
मिथुन
बोलीको प्रभाव बढ्ने छ । पेशागत क्षेत्रमा बोलीको प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । तर मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने अन्योलको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा प्राप्त जिम्मेबारीको सफलता हुने छ । आर्थिक सन्तुलन कायम हुने छ ।
कर्कट
मनमा आउने निराशाले उदासिनता बढाउने छ । मनोबलमा पनि केही गिरावट आउने छ जसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराउने छ । परिवारमा किचलो हुने र त्यसले सामाजिक प्रतिष्ठामा पनि गिरावट गराउने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ ।
सिंह
आर्थिक पक्ष औसत खालको रहने छ । पेशागत जीवन जे जस्तो चलिरहेछ त्यस्तै रहने छ । परिवारमा हासि मजाक र रसिलो वातावरण कायम हुने छ । विगतमा भएका निर्णयका कारण नतिजाहरु सहज खालका आउने छन् ।
कन्या
प्रेममा सफलता मिल्ने छ । नविन खालका विचारहरु आउने छन् । तर बोलीको प्रभाव घट्ने छ । यात्रामा कठिनाई झेल्नु पर्ने छ । प्राकृतिक प्रकोपका कारण दुःख झेल्नु पर्ने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । पैतृक सम्पत्तिका बारेमा झण्झट उत्पन्न हुने छ ।
तुला
आर्थिक जीवनमा उन्नति हुने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । आँटेका विषयमा सकारात्मक नतिजाका संकेतहरु आउने छन् । व्यक्तित्व दृढ खालको हुने छ । परिवारमा प्रेम र मिलनको वातावरण छाउने छ । जीवनसाथिको प्रेममा बढोत्तरी हुने छ ।
वृश्चिक
आफन्तहरुबाट नै धोका हुने हुँदा संयमित रहनु होला । बौद्धिक क्षेत्रमा लम्कन मन लाग्ने छ । भाग्यले साथ नदिएका कारण उदासिनता बढ्ने छ । पेशागत जीवनमा धेरै जोखिम लिने समय रहेको देखिँदैन् । कार्य सफलतामा कमि आउने छ । अपमानित हुने अवस्था आउने भएकाले विचार गरेर मात्र कदम चाल्नु होला ।
धनु
गलत विषयमा आँट आदी आउने छ । समाजले गलत कार्य ठानेका विषयमा सँलग्न हुने खतरा देखिने भएकाले संयमित रहनु नै उपयुक्त हुन्छ । पेशागत जीवनमा बादबिबाद आदीबाट गुज्रनु पर्ने छ । अड्डा अदालत तथा प्रशासनिक झमेलामा धाउनु पर्ने हुन्छ । परिवारमा तनावको अवस्था आउने छ ।
मकर
समाजिक जीवन प्रभावशाली हुने छ । आर्थिक रुपमा सवल अवस्था रहने छ । पेशागत जीवनमा योजनाबद्ध उन्नति नहुँदा मनमा अशान्ति आउने छ । यात्रारत रहनु पर्ने छ । परिवारको आड र भरोषाले गर्दा आड भरोषा मिल्ने छ । बौद्धिक क्षेत्र कदर मिल्ने छ ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गर्दा जोखिम कम हुने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । साथिहरुसँग द्वन्द हुनेछ भने प्रेममा धोका हुने चुनौति देखिन्छ ।
मीन
बाठो खालको व्यक्तित्व बन्ने छ । आर्थिक रुपमा सवलता प्राप्ति हुने छ । सन्तानका कामबाट सन्तेष प्राप्त हुने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । अध्ययन अध्यापन तथा बौद्धि कार्यमा अभिरुचि बढ्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा आउने ह्रासले भविष्यप्रति चिन्ता थपिदिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया