सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १२:००

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया