शुक्रबार, वैशाख ४, २०८३

काठमाडौंबाट ११ जना अफगानी ‘शरणार्थी’ पक्राउ

मेरोन्यूज २०७८ कार्तिक ८ गते ११:१५

काठमाडौं । सिनामंगलस्थित एक होटलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अफगानिस्तानबाट आएका ११ जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतो जानकारी दिए । उनले मेरोन्यूजसँग भने,‘अफगानी मुलका भन्ने सुचनाका आधारमा नियन्त्रणमा लिएका हौँ, हो या हैन भन्ने विषयमा थप अनुसन्धान गरीरहेका छौ ।’

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको हुन सक्ने प्रहरीको अनुमान छ । एसपी महतोले भने,‘शरणको खोजीमा नेपाल आएको हुन सक्ने आशंका गरेका छौ, यदी बिना अनुमती नेपाल आएको पुष्टि भयो भने कानुन अनुसार कारबाही हुन्छ । अहिले हामी भेरिफिकेसनकै चरणमा छौ । ’

प्रतिक्रिया