कांग्रेसको कति जिल्लामा कुन तहका अधिवेशन भए ?

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १८ भदौबाट पार्टीको सबैभन्दा तल्लो तह वडाको अधिवेशन गरेर पार्टीको १४ औं महाधिवेशन सुरु गरेको छ । त्यसपछिका करिब दुई महिना सकिन लाग्दासम्म अधिवेशनमा उल्लेख्य प्रगति भएको छैन ।
पार्टीको निर्वाचन समितिका अनुसार अहिलेसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । दसैं अगाडि एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका २१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पार्टीको निर्वाचन समितिले गरे पनि त्यो सम्भव हुन सकेन । निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूवीरुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
२१ बाहेकका जिल्लामा दसैं अगाडि कम्तिमा पालिका अधिवेशन सम्पन्न गर्ने भनिएको थियो । तर वडा र पालिका अधिवेशन सम्पन्न हुन अझै १३ जिल्ला बाँकी छन् । निर्वाचन समितिका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा र पालिका अधिवेशन हुन सकेको छैन । यी मध्य केही जिल्लामा सुरु भए पनि केही जिल्लामा सुरु नै भएको छैन ।
त्यतिमात्रै होइन दुई जिल्लामा त क्रियाशील सदस्यता विवाद नै नटुंगिएकाले टुंगिने कहिले र अवा अधिवेशन सुरु हुने कहिले भन्ने निधो छैन । रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद नटुंगिएको हो ।
अहिलेसम्म वडा र पालीका अधिवेशन ५१ जिल्लामा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिको रेकर्ड अनुसार अझै २६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न हुन बाँकी छ ।
वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । तर, अहिलेसम्म २६ जिल्लामा वडा अधिवेशन नै सम्पन्न नभएकाले आगामी ९ देखि १३ मंसिरसम्म कांग्रेसको १४ औं महाधिवेशन हुने अनिश्चित प्राय भइसकेको छ ।
कतिपय जिल्लामा राजनीति इखका कारण विवाद झिकिएको छ भने केहीमा सैद्धान्तिक पनि छन् ।
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया