ग्रामीण ९ जिल्लामा इन्टरनेट विस्तार

काठमाडौँ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामा थप नौ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको छ ।
विस्तार हुनेमा बागलुङ, मनाङ, मुस्ताङ, म्याग्दीका साथै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्जनपुरमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
सबै जिल्लामा टेकमाइण्स नेटवर्कले इन्टरनेट विस्तार गरेको हो । यसअघि टेकमाइण्सले नै इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा ब्रोडब्याण्ड नेटवर्क निर्माण गरी इन्टरनेट सेवा विस्तार गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै वर्डलिंक कम्युनिकेशन्सले कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा सेवा विस्तार गरेको थियो ।
यी जिल्लाका नगरपालिका, गाउँपालिका, वड़ा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र÷अस्पतालमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न प्राधिकरणको सूचनामा उल्लेख छ ।
यी जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न प्राधिकरणले जनाएको छ ।












दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया