सर्वोच्चका १४ न्यायाधीश छलफलमा जुटे

काठमाडौँ । सर्वोच्च अदालतका १४ जना न्यायाधिश छलफलमा जुटेका छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्णबैठक (फूलकोर्ट) बहिष्कार गर्ने घोषणा गरेका १४ न्यायाधिश छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीश जबराले दिउँसो साढे १ बजे फूलकोर्ट बोलाएका छन् । तर, १४ न्यायाधिशले उक्त फूलकोर्ट बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका थिए । योसँगै सर्वोच्चको पूर्ण बैठक बस्ने/नबस्ने भने अन्योल भएको छ ।
यता नेपाल बार एसोसिएसनको पनि छुट्टै बैठक बसिरहेको छ । सर्वोच्चको आज बस्ने फूलकोर्टमा प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीलाई समेत बोलाएका थिए। २० न्यायाधीश रहेको सर्वोच्चका एक न्यायाधीश अमेरिका भ्रमण र अन्य काठमाडौंबाहिर रहेको जनाइएको छ ।
सर्वोच्चको फूलकोर्ट बहिष्कार गर्नेमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया