सञ्चार माध्यमले लाइसेन्स नवीकरण नगरे कारबाही गरिने

काठमाडौँ । नेपाल सरकारले लाइसेन्स नवीकरण नगर्ने सेवा प्रदायक सञ्चार कार्यालयलाई कारबाहि गर्ने तयरी गरेको छ । सूचना तथा प्रविधि मन्त्रालय अन्र्तगतको सूचना तथा प्रसारण विभागले एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएचलगायतका सेवा प्रदायकहरुलाई सेवा संचालन गर्ने लाइसेन्स नवीकरणका लागि निर्देशन दिएको हो ।
विभागले लाइसेन्स नवीकरण नगरी सेवा संचालन गरीरहेका सेवा प्रदायकहरुको सेवा सुविधाको सिफरिस रोकिदिने चेतावनी दिएको छ ।
विभागले सूचना प्रकाशित गरेर केही सेवा प्रदायकहरुले लाइसेन्स नवीकरण नगरेको पाईएको भन्दै कारबाही स्वरुप विभागबाट प्रदान गरिने सिफारिस रोक्ने चेतावनी दिएको सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले जानकारी दिए ।
सबै प्रकारका इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र प्राप्त संस्थाहरुले हालसम्म नवीकरण नगरिएको वा केही कैफियतले नवीकरण नगरिएको भए सो संस्थाहरुले आफ्नो इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र नवीकरण नगराएसम्म विभागबाट पाउने कुनैपनि सेवा सुविधा सिफारिस नगरीने सूचना रहेको उनले बताए ।
विभागबाट एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएच, एमएसओ, आईपीटिभी, एमएमडीएस, डिटिटिबीको अनुमति पत्र लिएर मात्र सेवा सञ्चालन गर्न पाईने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया