दाताको पैसाले संस्था नचलाउन निजी क्षेत्रलाई सरकारको सुझाब

काठमाडौँ । दाताको पैसाले संस्था नचलाउन सरकारले नीजि क्षेत्रलाई आग्रह गरेको छ । योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बैदेशिक दाताको सहयोगले नेपालको योजनामा बलियो पार्नुको साटो नीजि क्षेत्र कार्यालय सञ्चालन र उनीहरुले दिएको विभिन्न विषयमा छलफल गर्नु बाहेक उत्पादनमुलक र विकास क्षेत्रबाट निजी क्षेत्र टाढा रहेको आरोप लगाए ।
मेरोन्यूजसँग कुरा गर्दै उनले नेपालको निजी क्षेत्र संस्थागत बन्नका लागि चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ लगायत प्रतिनिधिमूलक संस्थाले विदेशी दाताको परियोजना सञ्चालनभन्दा विकास निर्माण लागे सरकारलाई सहज हुने उल्लेख गरे ।
उत्पादनमूलक अर्थतन्त्रको टेवा बलियो पार्न योजना आयोगको कार्यसँग सहकार्य गरे सबैलाई सहज र विदेशी दाताको हात तथा सोच विकास निर्माणमा लगाउनुपर्नेमा उनले जोड दिए ।
उपाध्यक्ष पौडेलले आर्थिक विकासका लागि योजना आयोगको कार्यमा आफू कटिबद्ध भएको दाबी गरे । उनले आर्थिक विकासका लागि नीजि क्षेत्रको उद्योग, व्यवसाय तथा उत्पादन मुलक कार्यले अधिकांशले रोजगार पाउने, निर्माण तथा पूर्वाधारमा सहयोग हुने भएकाले योजना आयोगका योजना तथा अनुसन्धानमा संलघंन हुनुपर्ने उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), जर्मन सहयोग संस्था (जीआईजेड), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका विभिन्न दातृ निकायका दर्जनौ परियोजनालाई विकासतर्फ सहभागि बनाउन सरकार लागेको र नीजि क्षेत्रको दृष्टिकोणमा परिवर्तनको आवश्यकता भएको सुझाब उपाध्यक्ष पौडेलको छ ।














विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया