कैलाली–कञ्चनपुरमा मात्रै तीन अर्ब बढीको धानबाली क्षति

कैलाली । बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा अर्बौं रुपैयाँको बराबरको क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा गत असोज ३१ गतेदेखि चार दिनसम्म परेको वर्षाले अर्बौं रुपैयाँको धानबालीमा क्षति भएको हो ।
वर्षभरि मेहनत गरेर लगाएको बाली बेमौसमी वर्षाले नष्ट गरेपछि किसानहरू मारमा परेका छन् । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा गरेर करिब ५५ प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।
बेमौसमी वर्षाले गर्दा कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशतको हाराहारीमा धानबालीमा क्षति भएको उनले बताए । उनले भने दुबै जिल्लाको गरेर तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको बताए ।
निर्देशक जोशीले प्रदेशभरको तथ्यांक भने प्राप्त भइनसकेको बताए । ‘वर्षाले धानबालीमा पुर्याएको क्षतिको लगत संकलनका लागि कर्मचारीहरु खटिएका छन्,’ उनले भने, ‘दुई/चार दिनमा रिजल्ट प्रदेशभरको क्षतिको विवरण आउँछ ।’
धानबालीमा क्षति पुगेपछि यस वर्ष भारतबाट गत वर्षको भन्दा यस वर्ष चामल आयात बढ्ने उनको भनाई छ ।
‘गत वर्ष भन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने आँकलन गरिएको थियो,’ उनले भने, ‘तर वर्षाले क्षति गरेपछि उत्पादन घट्दै छ । यसले गर्दा यस वर्ष चामल आयात बढ्ने देखिन्छ ।’











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया