वर्षाले घर भत्किएकालाई राहत

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षात्को समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई ६० हजार, आंशिक क्षति भएकालाई ३० हजार र कम क्षति भएका परिवारलाई १५ हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत एक लाख अनुदान दिने भएको छ । कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए एक लाख अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले १५ लाख बजेट छुट्याएको छ ।
बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनले जानकारी दिए ।
दोस्रो ऋषिङ म्याराथन, दोस्रो ऋषिङ अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड र प्रथम उपाध्यक्ष कप प्रतियोगिता आयोजा गर्ने निर्णय गरिएको छ । यसैगरी कार्यालय सहयोगी र प्राथमिक तहका शिक्षकलाई तलब उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको छ । जसअनुसार लेखापाललाई १६ हजार, इसिडी शिक्षकलाई १५ हजार, १–३ विद्यालयका कार्यालय सहयोगीलाई १० हजार, १–५ विद्यालयका कार्यालय सहयोगीलाई १२ हजार, १–८ विद्यालयका कार्यालय सहयोगीलाई १३ हजार र १–१२ विद्यालयका कार्यालय सहयोगीलाई १४ हजार प्रदान गरिनेछ ।

















National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया