शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ७:१६

काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स० परीक्षालगायत काम रोकिएका थिए ।
आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ । प्राथमिक तहका १२ हजार ९१२, निम्न माध्यमिक तहका दुई हजार ५९३ र माध्यमिक तहका एक हजार ५४२ पदमा दरबन्दी रिक्त रहेको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया