भक्तपुरका प्रजापतिहरू माटोको पाला बनाउनमा व्यस्त (फोटोफिचर)

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चार्ड तिहार नजिकिँदै छ । तिहारमा दिपावली गरिने भएकाले यसलाई उज्यालोको चाड पनि भन्ने गरिन्छ । तिहारमा अन्य सामाग्री जस्तै माटोको पालाहरुको खपत पनि निकै हुन्छ ।

तिहार नजिकिइसँगै भक्तपुरका प्रजापतिहरू माटोका पाला बनाउनमा व्यस्त रहेका छन् । तिहारमा माटोको पालामा तेल हालेर घर-घरमा दियो बाल्ने चलन छ । तिहारमा पालाको माग हुँदै आएकाले भक्तपुरका कुमाल समुदायका प्रजापतिहरुलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ । तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइ नभ्याइ छ ।

काठमाडौं उपत्यकामा माटोको सामानको लागि भक्तपुर प्रख्यात मानिन्छ । दुईदेखि पाँच रुपैँयासम्ममा विक्रि हुने पाला विहानदेखि बेलुकासम्म खट्दा करिब एक हजार वटासम्म बनाउन सकिने प्रजापतिहरू बताउँछन्। भक्तपुरमा विभिन्न जिल्लाबाट पाला किन्न मानिसहरु आउने गरेको व्यापारीहरुले बताएका छन् ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया