पौडेलले भने– न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलबार सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट गरे ।
उनले न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने उल्लेख गरे ।
‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ,’ पौडेलले भने, ‘न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ ।
सर्वोच्च अदालतका न्यायधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन ।
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया