कांग्रेस नेता बानियाँले भने -‘अहिले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ’
मेरोन्यूज
२०७८ कार्तिक १० गते १५:२२

काठमाडौं । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने जानकारी दिए ।
बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै बन्ने बाटो खुलेको बताएका हुन् ।
उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नै पदैन् ।’
गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ ।
कांग्रेस नेता बानियाँले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनासाथ आफूहरुको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी सरकार गठनको दाबी गर्ने जानकारी दिए ।
सम्बन्धित
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया