चौधरी ग्रुपले किन्यो जीबी फुड्स रसियाको स्वामित्व

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले रसियाको गालिना बालान्का (जीबी फुड्स) कम्पनी किनेको छ ।
चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्दै आएको सिजी फुड्सले गालिना बालान्का रसिया तथा सीआईएस (कमनवेल्थ अफ इन्डिपेन्डेन्टस स्टेट) लाई किनेको हो । सिजी ग्लोबल कर्पले यो कम्पनीको स्वामित्व लिएको जानकारी दिएको छ ।
जीबी फुड्सको रसियामा रहेको उक्त कम्पनी खरिद बिक्रीको सम्झौता भएको सिजी फुड्सले जानकारी दिएको छ । जीबी फुड्स स्पेनिस ब्रान्ड हो । यसको रसिया तथा सीआइएस क्षेत्रको स्वामित्व सीजीले किनेको बताइएको छ ।
जीबी फुड्को रसिया÷सीआईएस को ब्यापार स्वामित्व सिजी फुड्समा आएको छ । सीजी कर्प ग्लोबल अन्तर्गत यसको स्वामित्व आएपछि सीजी फुड्सका नाममा कम्पनीको रुपान्तरण हुने विश्वास छ’ कम्पनीले भनेको छ ।
जीबी फुड्सको रसियासँगै अर्मेनिया, अजैरबैजान,बेलारुस, काजगस्तान,क्योरोस्तान,मोल्डाभा, ताजकस्तान,उज्वेकस्तानको व्यापार स्वामित्व सीजी फुड्स अन्तर्गत आएको छ ।
यो स्वामित्वसँगै चौधरी समूहको युरोपियन बजारमा बलियो उपस्थिति हुने भएको छ ।
चौधरी समूहका अध्यक्ष विनोद चौधरीले वाईवाईलाई विश्व ब्रान्ड बनाउने अभियानमा एउटा इटा थपिएको बताएका छन् । खरिदपछि उनले वाईवाईलाई विश्वव्यापी ब्रान्ड बनाउने सपनालाई वास्तविकतामा परिणत गर्न पाएकोमा खुसी भएको ट्वइटर मार्फत जनाएका छन् ।
सीजीले हाल नेपालसँगै भारत, सर्बिया, बंगलादेश र काजकस्तानमा वाईवाई उत्पादन गरिरहेको छ ।

















बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
प्रतिक्रिया