चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्धको खोप लगाइसक्नु पर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोना भाइरस कोभिड १९विरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन् । बिहीबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताए ।
देउवाले कोरोना खोपको अभाव हुन नदिन निर्देशन दिएका छन् । उनले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ । सबैलाई निस्शुल्क खोप लगाउने हो ।’ देउवाले दाताबाट सहयोग मागेर भए पनि खोप ल्याउनु पर्ने बताए । नेपालमा अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप २२ प्रतिशतले लगाएका छन् ।
यस्तै बैठकमा कोरोना भाइरसको अहिलेसम्मको अवस्थाको समिक्षा गरिएको थियो । नेपाल र अन्तराष्ट्रिय स्तरमा कोरोनाको अवस्था, नेपालमा मौजदात खोप, आउन बाँकी रहेको खोपको बारेमा बैठकमा समिक्षा गरिएको जनाइएको छ ।
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया