नयाँ व्यवसाय सञ्चालन गर्न वणिज्य बैंकले ऋण दिने

काठमाडौं । नयाँ व्यवसायको पूँजी अब राष्ट्रिय वाणिज्य बैंकले दिने भएको छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले नयाँ व्यवसायका लागि २ वर्षअघि देखि नै दिने भनेपनि अहिलेसम्म लागु गरेको थिएन ।
आर्थिक वर्ष २०७६/0७७ देखि नयाँ व्यवसाय सञ्चालनको लागि अनुदान उपलब्ध गराउने गरी सरकारले यो कार्यक्रम ल्याएको थियो ।
सोहि बमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदन समेत संकलन गरेको थियो । त्यसबेला ६९९ जनाले निवेदन दिएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत १ अर्ब रुपैयाँ विनियोजन गरेर नयाँ व्यवसायलाई ऋण दिने बताएका थिए । उनले बजेटमा १ प्रतिशत ब्याजमा नयाँ व्यवसायीलाई ऋण उपलब्ध गराउने बताएका थिए ।
अर्थमन्त्री शर्माले दुर्गम बस्तीका युवाहरुले समेत सजिलै नयाँ व्यवसाय ऋण पाउने गरि गरी कार्यविधि बनाउन निर्देशन दिइसकेका छन् ।
नयाँ व्यवसाय सञ्चालन गर्दा यसअघि परेका आवेदनको सम्बोधन हुने गरी कार्यविधि बनाउने तयारीमा अर्थमन्त्रालय लागेको छ ।
सम्बन्धित क्षेत्रका व्यक्तिसँग नयाँ व्यवसायबारे छलफल भएर कार्यविधी बनाउने तयारी भइरहेको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
चालू आर्थिक वर्षको अन्त्यसम्मा नयाँ व्यवसायलाई दिने ऋण कार्यान्वयन हुने भएकाले सबै जिम्मा राष्ट्रिय वाणिज्य बैंकलाई दिइने उनले बताए ।
वाणिज्य बैंकले नै नयाँ व्यवसायका लागि ऋण दिनेबारे छलफल भएकाले नियमानुसार लागु हुने वाणिज्य बैंकले जनाएको छ ।
नयाँ व्यवसायको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई मध्येनजर गर्दै कार्यविधिलाई टेकेर ऋण उपलब्ध गराउन वाणिज्य बैंक पर्खाईमा बसेको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया