जलवायुसम्बन्धी बैठकमा कार्बन उत्सर्जन कम गर्ने देशको विशेष भुमिका हुन्छ : डा. केसी

काठमाडौँ । नागरिक अभियान्ता डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी बैठक सीओपी ट्वेन्टी सिक्समा नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने देशको विशेष भुमिका हुने बताएका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने तर जलवायु संकटको जोखिम उच्च भएका देशहरुले विशेष भुमिका खेल्नु पर्ने बताए ।
उनले संयुक्त राष्ट्रसंघको महासभामा कार्बन उत्सर्जन कम गर्ने, द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाहरुसमेत राखेर राष्ट्रसंघको मुख्यालय अगाडि आफूहरुले प्रदर्शन गरेका पनि बताए । अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउन नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नु पर्ने उनले बताए ।
कार्बन उत्सर्जन कम गर्न उनले सरकारसँग चार माग राखेका छन् । उनका मागमा शहरी पूर्वाधारलाई वातावरणमैत्री बनाउनु पर्ने, देशको वन क्षेत्रको संरक्षण र बिस्तार गर्नुपर्ने, एकपल्ट प्रयोग हुने प्लास्टिकको झोला पूर्ण रुपमा निषेध गर्नुपर्ने र वायु प्रदुषण कम गर्न फोहर जलाउन पूर्ण रुपमा निषेध गर्ने तथा जन चेतना फैलाउनु पर्ने रहेका छन् ।
बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेर बहादुर देउवा आज त्यसतर्फ जाँदैछन् । यस्तै केसीले स्वास्थ्य र मेडिकल शिक्षा सुधारका लागि गरेका सम्झौता तथा प्रतिबद्धताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया