शुक्रबार, मंसिर २८, २०८१

विदेशबाट आउने सबै फोन कलको स्वचालित अनुगमन प्रणाली जडान

मेरोन्यूज २०७८ कार्तिक १२ गते १८:३०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अब विदेशबाट आउने सम्पूर्ण कलहरुको स्वचालितरुपमा अनुगमन गर्ने प्रणाली जडान गर्ने भएको छ ।

Advertisement

प्राधिकरणले यसअघि अन्तराष्ट्रिय कल मनिटरिङ सिस्टम जडान गर्न माग गरेको बोलपत्र नै खारेज गरेकोमा सर्वोच्च अदालतको आदेशसँगै इन्टरनेशनल कल मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम जडान गर्ने भएको सूचना अधिकृत सूर्यप्रसाद लामिछानेले जनाएका छन् ।

यो प्रणालीले नेपाल भित्रने सम्पूर्ण कलहरुको अनुगमन गर्नेछ भने त्यसको जानकारी र रेकर्ड समेत राख्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले उक्त प्रणाली जडानका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने ७० करोड रुपैयाँ पूरक बजेट स्वीकृत गरेको छ भने सोहिअनुसार मन्त्रालयसँग अनुमति समेत माग गरेको जनाएको छ ।

विदेशबाट आउने सम्पूर्ण कलहरुको स्वचालित अनुगमन गर्ने प्रणाली सेवा प्रदायकहरुको रियल टाइम डाटा अन लोकल एण्ड इन्टरनेशनल ट्राफिकलाई हेर्ने प्रणाली हो ।

नेपाल धेरै अन्तर्राष्ट्रिय कल आउने मुलक भएकोले भीओआईपी कल बाइपास जस्ता अपराधहरु समेत हुनेगरेका कारण यस्ता समस्याहरुको अनुगमन गरी न्यूनिकरण गर्ने उद्देश्यले कल अडिट प्रणाली स्थापना गर्न टेरामोस सम्बन्धी कार्य गर्ने योजना रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल टेलिफोन, इन्टरनेट सेवा प्रदायकहरुको क्रियाकलापलाई अनुगमन, नियमन तथा उपभोक्ताको हकहितको संरक्षणको लागि भनी सेवा प्रदायकहरुले पेश गर्ने कल ट्राफिक डिटेललाई मापन तथा अनुगमन गर्ने प्रणाली हो ।

त्यसैगरी सेवा प्रदायकहरुबाट हुनसक्ने राजस्व छलीलाई न्यूनीकरण समेत गर्ने अनुमान प्राधिकरणकाे छ ।

प्रतिक्रिया