पाँच राष्ट्रसेवक कर्मचारी इन्टेग्रिटी आइकनबाट सम्मानित

काठमाडौं । इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेका छन् ।
सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको आयोजक एकाउन्टविलिटी नेपालले जनाएको छ ।
जस अन्तरगत, शिला शर्मा “दृढ र सहृदयी”, मनमाया भट्टराई पंगेनी “प्रेरणादायी र निडर”, चन्दकान्त चौधरी “नवप्रवर्तनकारी र दूरदर्शी”, डा. सुमित्रा गौतम “कर्मनिष्ठ र रुपान्तरणकारी”, र डा. लोकबहादुर लोप्चन “अटल र लगनशील” टाइटलबाट सम्मानित भए ।
सम्मानित हुनेहरुलाई पूर्व बागमती प्रदेश प्रमुख तथा सीएनएन हिरो अनुराधा कोइराला र राजनीतिक विश्लेषक हरी शर्माले अवार्ड प्रदान गरेका थिए ।
यस वर्ष पनि कोभिड – १९ को जोखिम कायमै रहेको भन्दै काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा आयोजक र सम्मानित परिवारको मात्रै उपस्थिति रहेको थियो ।
















गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया