शनिबार, फागुन ३, २०८१

पार्टीभित्रका भजन मण्डलीले नेतृत्व अलमल्लमा पारे : नेता सिंह

मेरोन्यूज २०७८ कार्तिक १४ गते ११:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलाेकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन् ।

Advertisement
IMEnabil

आइतबार पार्टीको कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसले इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए ।

उनले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको समेत टिप्पणी गरे । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए ।

‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ उनले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ, आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’


पाटीभित्रका भजन मण्डलीले नेतृत्व अलमल्लमा पारिरहेको बताए । उनले १३ औँ महाधिवेशनपछि कांग्रेस इतिहासको कमजोर अवस्थामा आइपुगेको बताए । अहिलेकै अवस्था कायम रहे राष्ट्रियसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनु पर्ने तर्क राखे । विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए ।

केही व्यक्तिले आफ्नो पक्षमा मत लिनका लागि धाँधली गरेको उनले बताए । उनले पार्टीभित्रको बेतिथी र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनु पर्ने धारणा राखे ।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पनि काँग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतीको स्थापना गर्नु पर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’

त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउन आफू सभापति बन्नु पर्ने उनको तर्क थियो ।

‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जति सक्दो राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्,’ उनले भने, ‘लोकतन्त्र जोगाउन नेतृत्व परिवर्तन आवश्यक छ, विधि र पद्धती जोगाउन पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

काठमाडौँका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उनको गुनासो छ । उनले आफू देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुख बुझेको बताए ।

पार्टीलाई विधि संवत तरिकाले अगाडि बढाउन नेता कार्यकर्ताहरूले आफूलाई साथ दिनु पर्ने उनको भनाई थियो । उनले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावनाविपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर गरे ।

प्रतिक्रिया