‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडौँ । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसंगितहरु प्रस्तुत गरिने गरिन्छ । त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ ।
गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।
जसमा राजाले आफनो चेलीका लागी बर खोज्न यस्तै मञ्चनहरूमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ ।
सोही गीतमा जुगारी जित्नेलाई आफनो चेली दिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन् त्यत्तिकैमा अर्को ठाउको राजा आएर उनको सर्त अनुसार जुगारी खेली चेली लान तयार भएको देख्न सकिन्छ ।
गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, शीतल शर्मा , आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ । सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया